एभरेष्ट बैंकका एक कर्मचारी जेल चलान, ६ जना साधारण तारेखमा रिहा « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

एभरेष्ट बैंकका एक कर्मचारी जेल चलान, ६ जना साधारण तारेखमा रिहा


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । एभरेष्ट बैंकका एक जना कर्मचारी जेल चलान भएका छन् ।

इटहरीस्थित एभरेष्ट बैंक ठगी प्रकरणमा बैङ्ककै अपरेसन मेनेजर निरज प्रधान जेल चलान भएका हुन् । तर पक्राउ परेका अन्य कर्मचारी भने रिहा भएका छन्।

उच्च अदालत विराटनगरको संयुक्त वाणिज्य इजलासका न्यायाधीश कृष्णकमल अधिकारी र राजनप्रसाद भट्टराईको इजलासले उनलाई पुर्पक्षको लागि थुनामा राख्न आदेश दिएको छ ।

एभरेष्ट बैंक इटहरी शाखाबाट १ करोड ५० लाख २३ हजार ४३४ रुपैयाँ बैंकका कर्मचारीले मिलेमतोमा गायब पारेका थिए। यो प्रकरणमा बैंकका ७ जना कर्मचारी र २ जना सहयोगी पक्राउ परेका थिए।

उच्च अदालतमा अभियोग दर्ता भएपछि सोमबारको थुनछेक आदेशले पैसा झिक्ने २ जना कर्मचारीलाई जनही ७ लाख र पक्राउ परेका ६ जना कर्मचारीलाई साधारण तारेखमा छोड्न अदालत आदेश दिएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस