सामान्यमा सचिवको आन्तरिक छड्के, दर्जन बढी कर्मचारीको भेटिएन समयमै हाजिरी « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

सामान्यमा सचिवको आन्तरिक छड्के, दर्जन बढी कर्मचारीको भेटिएन समयमै हाजिरी


२९ जेष्ठ २०८०, सोमबार


काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन सचिव कृष्णहरि पुष्करले आन्तरिक छड्के निरीक्षण गरेका छन् । समयमा कर्मचारी नआउने र कार्यकक्षमा नभेटिने गुनासोपछि सचिव पुष्करले ठिक १० बजे कार्यकक्षमा कर्मचारी भए नभएकोबारे निरीक्षण गरेका थिए । सो क्रममा दर्जन बढी कर्मचारीहरूले समयमा हाजिर गरेको नभेटिएको मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका सहसचिव एवं प्रवक्ता कमल भट्टराईका अनुसार कार्यालय प्रमुखबाट हुने आन्तरिक छड्केका क्रममा सचिवबाट मन्त्रालयमा निरीक्षण भएको र के कति संख्यामा कर्मचारी समयमै मन्त्रालयमा उपस्थित भएका छैनन् भन्ने विवरण निकालिरहेको बताए । हरेक कार्यालयले बेला मौकामा समय पालना भयो कि भएन भनेर बेला मौकामा छड्के गर्ने चलन हुन्छ प्रवक्ता भट्टराईले भने आज मन्त्रालयमा सचिवज्यूबाट छड्के हुँदा दर्जन बढी कर्मचारीहरू अनुपस्थित देखिएका छन् ।

उनका अनुसार एक घण्टापछि के कति कर्मचारी समयमा उपस्थित भएनन् भनेर एकिन विवरण निकाल्न सकिने छ ।

Tags :
प्रतिक्रिया दिनुहोस