चितवन । पश्चिम चितवनमा रहेको हरियाली सामुदायिक वनका गैँडाको आक्रमणबाट एकको मृत्यु भएको छ ।
मृत्यु हुनेमा भरतपुर महानगरपालिका–२३ का ६० वर्षीय झणबिल बोटे रहेका छन् । सो वडाका अध्यक्ष दीपक दवाडीका अनुसार आज दिउँसो ३ बजे वनभित्र श्रीमान् श्रीमती छिरेकामा श्रीमान्लाई गौँडाले आक्रमण गरेको हो ।
साँझ ५ः३० बजे उनको शव भेटिएको दवाडीले जानकारी दिए ।