२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानन्यायाधीशमा सिफारिस कार्कीलाई न्यायपरिषद्ले सम्झायो अनिवार्य अवकाशको मिति

अ+ अ-

काठमाडौँ । न्याय परिषद्ले कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीलाई अनिवार्य अवकाशको मिति सम्झाएको छ । 

प्रधानन्यायाधीश नियुक्तिको प्रक्रियामा रहेका कार्कीलाई आइतबार एक पत्रमार्फत अनिवार्य अवकाशको मिति सम्झाएको हो ।

परिषद्बाट कार्कीलाई लेखिएको पत्रमा ६५ वर्षे उमेर हदका कारण आगामी साउन २० देखि उनी अनिवार्य अवकाशमा जान लागेको उल्लेख छ । 

गएको वैशाख २५ गते संवैधानिक परिषद्ले कार्कीलाई सर्वोच्चको प्रधानन्यायाधीशमा नियुक्तिका लागि सिफारिस गरेको थियो । जेठ १६ मा कार्कीविरुद्ध १० दिनभित्र उजुरी आह्वान गरिएको थियो । शुक्रबारसम्म उजुरीका लागि दिइएको समयमा उनीविरुद्ध ३० वटा उजुरी परेका छन् । अब उजुरीमाथिको सुनुवाइ सुरु हुने छ ।

उजुरीमाथि छानबिन र त्यसउपर कार्कीको जवाफको प्रक्रिया बाँकी नै रहेकाले उनलाई नियुक्ति गर्न अझै केही दिन लाग्नेछ । उमेरहदका कारण अवकाश मिति नजिकिएकाले कार्कीले एक महिना पनि प्रधानन्यायाधीश बन्न नपाउने देखिएको छ ।

कार्की झन्डै १५ महिनादेखि सर्वोच्चमा कामु प्रधानन्यायाधीशका रूपमा कार्यरत छन् ।

प्रतिक्रिया दिनुहोस