स्तरबृद्धिका लागि कर्मचारीसँग दरखास्त आह्वान  « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

स्तरबृद्धिका लागि कर्मचारीसँग दरखास्त आह्वान 


२८ जेष्ठ २०८०, आइतबार


काठमाडौँ । स्तरबृद्धिका लागि दरखास्त सङ्कलन गरी पठाउन आव्हान गरिएको छ । 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तरगर्तको स्वास्थ्य सेवा विभागले नेपाले स्वास्थ्य सेवा ऐन २०५३ को दफा ९ बमोजिम सर्त पुगेका कर्मचारीहरूलाई दरखास्त बुझाउन भनेको हो । 

‘नेपाल स्वास्थ्य सेवा ऐन, २०५३ को दफा ९ बमोजिम सर्त पूरा भएका कर्मचारीहरूको स्वास्थ्य सेवा नियमावली २०५५ को दफा ८४ (क) बमोजिम २०७८ आषाढ महिनामा हुने स्तर वृद्धिका लागि स्वास्थ्य सेवा विभागबाट २०७८ जेठ १९ मा प्रकाशित सूचना बमोजिम कार्यालयले दरखास्त सङ्कलन गरी यथाशीघ्र स्वास्थ्य सेवा विभागमा पठाउन अनुरोध छ’, ‘विभागका शाखा अधिकृत एकनाथ नेपालद्वारा जारी सूचनामा भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस