२६ बैशाख २०८२, शुक्रबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

प्रधानमन्त्रीले १५ वटा राँगासँग दुईटा नदी बेचे : ओली

अ+ अ-

स्याङ्जा । प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले भारत भ्रमणका क्रममा १५ वटा राँगासँग दुई वटा महत्त्वपूर्ण नदी बेचेको आरोप लगाएका छन् ।

स्याङ्जाको आँधीखोला र कालीगण्डकी गाउँपालिकाको नवनिर्मित प्रशासकीय भवनको उद्घाटन गर्दै उनले नेपाल आफैले बनाउन सक्ने अति सस्तो फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना भारतलाई जिम्मा दिएर १५ वटा राँगा लिएको फर्किएको बताएका हुन् ।

सस्तो आयोजनाहरू आफैले बनाउने र जनतालाई शेयर दिनुपर्ने दायित्व सरकारसँग भए पनि प्रधानमन्त्रीले आफ्नो पद यथावत राख्ने शर्तमा जनतालाई अवमूल्यन गर्दै आयोजना भारतलाई जिम्मा दिएको अध्यक्ष ओलीको भनाइ छ ।

प्रधानमन्त्री दाहालको भारत भ्रमणका क्रममा फुकोट कर्णाली र तल्लो अरुण जलविद्युत् आयोजना निर्माणको सम्झौता गरेका थिए । सम्झौतासँगै नेपालको सरकारी स्वामित्वको विद्युत् उत्पादन कम्पनीले आवश्यक अध्ययन गरिरहेको फुकोट कर्णाली भारतीय कम्पनी एनएचपीसीको समेत लगानीमा निर्माण हुने भएको छ ।

प्रतिक्रिया दिनुहोस