काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले रामायण सर्किटअन्तर्गतका आयोजनासहितका विभिन्न आयोजनामा भारतसँग अनुदान सहयोग मागेका छन् ।
प्रधानमन्त्री दाहालले भारत भ्रमणका विषयमा संसद्मा जवाफ दिने क्रममा यसको जानकारी गराएका हुन् ।
“नेपालभित्र विद्युत् प्रसारण लाइन निर्माणका लागि भारतको एक्जिम बैंकबाट सहुलियतपूर्ण ऋण, महाकाली नदीमाथि पर्शुराम धाम, पूर्णगिरि तथा झुलाघाटमा भारत सरकारको सहयोगमा पक्की पुल निर्माण गर्ने सहमति भएको छ,” प्रधानमन्त्रीले भने, “सुदूरपश्चिमको आवागमन र व्यापारमा सहजता भएर सुदूरपश्चिमका जनता लाभान्वित हुने छन् । भारत सरकारको अनुदानबाट रामायण सर्किटअन्तर्गतका परियोजना, गिरिजाप्रसाद कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, सुदूरपश्चिममा नेपाल इन्स्टिच्युट अफ टेक्नोलोजी कैलालीमा र चितवनमा अन्तराष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउने विषयमा गम्भीर छलफल भएको छ ।”