२१ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

वातावरण संरक्षणमा एकताबद्ध भएर लाग्न प्रधानमन्त्रीको आग्रह

अ+ अ-

काठमाडौँ । ‘प्लास्टिकजन्य प्रदूषण निर्मूल पारौँ, वातावरणमैत्री विकल्पको उपयोग गरौँ’ भन्ने मूल नाराका साथ आज विश्व वातावरण दिवस मनाइँदैछ ।

संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको आह्वानमा सन् १९७३ देखि प्रारम्भ भई हरेक वर्ष जुन ५ तारिखको दिन विश्व वातावरण दिवस मनाउने प्रचलन सुरु भएको हो । सो दिवस मनाउन थालेको ५०औँ वर्ष लागेको छ ।

यस अवसरमा प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नेपालमा प्लास्टिकजन्य पदार्थको व्यवस्थापनलगायत समष्टिगत वातावरणीय समस्यासँग जुँध्न सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झक्झकाउन सहयोग पुग्ने बताएका छन् ।

यसवर्ष वैश्विक जगतको सबैभन्दा महत्त्वपूर्ण वातावरणीय चुनौतीमध्येको एक प्लास्टिक प्रदूषणलाई प्रमुखताका साथ उजागर गर्ने गरी दिवस मनाउन लागिएको उल्लेख गर्दै प्रधानमन्त्री दाहालले प्लास्टिक हाम्रो आधुनिक जीवनको अभिन्न अङ्ग बनिसकेकाले त्यसलाई व्यवस्थापन गर्नुपर्नेमा जोड दिए ।

प्लास्टिकको अत्यधिक र अव्यवस्थित प्रयोगले ठूलो वातावरणीय समस्या सिर्जना गरेको उल्लेख गर्दै प्रधानमन्त्रीले महासागर ल्यान्डफिल साइट, समथर भूमि, पहाडी, उच्च पहाडी र हिमाली क्षेत्र जताततै प्लास्टिकको फोहरले भरिएको र मानव स्वास्थ्य र समग्र पारिस्थितिक प्रणालीलाई अपरिवर्तनीय क्षति पुर्‍याउने खतरा बढ्दै गइरहेकोमा चिन्ता व्यक्त गरेका छन् ।

प्रत्येक वर्ष विश्वव्यापी रूपमा चार सय मिलियन टनभन्दा बढी प्लास्टिकका सामग्री उत्पादन हुने गरेको र यसको ठूलो हिस्सा विभिन्न नदी प्रणाली हुँदै महासागरहरूमा पुग्ने गरेको छ ।

यसले पारिस्थितिक प्रणालीलाई असर पुर्‍याउन सक्ने देखिएको हुँदा यसको नकारात्मक प्रभावसँग जुध्ने प्रयासस्वरुप संयुक्त राष्ट्रसङ्घीय वातावरण कार्यक्रमको अग्रसरतामा ‘प्लास्टिक पोलुसन ट्रिटी’सम्बन्धी कार्य भइरहेको र यसमा नेपालको समेत सहभागिता रहँदै आएको प्रधानमन्त्रीले बताए ।

प्रधानमन्त्री दाहालले आफ्नो अध्यक्षतामा रहेको वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै लैजाने दृढता व्यक्त गरेका छन् ।

नेपालको संविधान बमोजिम सङ्घ, प्रदेश र स्थानीय तीन वटै सरकारको कार्यक्षेत्रमा रहेको वातावरण संरक्षणको विषय सरकार, गैर ९सरकारी क्षेत्र, प्राज्ञिक क्षेत्र, निजी क्षेत्र, आम नागरिक र उपभोक्ता सबैको सक्रिय चासो, चिन्ता र सरोकारको यसमा आवश्यकता पर्ने प्रधानमन्त्रीको भनाइ छ ।

प्रधानमन्त्रीले वातावरण क्षेत्रमा काम गर्ने सबैमा यस दिवसको नारालाई व्यवहारिक कार्यान्वयनमा एकताबद्ध हुन आह्वान गरेका छन् ।

प्रतिक्रिया दिनुहोस