२८ बैशाख २०८२, आईतवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

भारत भ्रमण अहिलेसम्मकै ऐतिहासिक : प्रधानमन्त्री

अ+ अ-

काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमण अहिलेसम्मकै ऐतिहासिक भएको दाबी गरेका छन् । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले आफूसँग तीनपटक वान टु वान भेटेको उनले जानकारी दिए ।

नयाँ दिल्लीस्थित आफू बसेको होटेल आइटीसी मौर्यमा आज बिहान पत्रकारसँग कुरा गर्दै उनले दुई देशबीचको सम्बन्धमा ब्रेक थ्रु भएको बताए । प्रचण्डका अनुसार एकपटक कुरा बिग्रेलाजस्तो भएको थियो, तर पछि सम्हालियो ।

‘मलाई त एकपटक बिग्रिन्छ क्यारे, बिगार्छन् क्यारे जस्तो भएको थियो । एम्बेसीमा जाँदा मेरो अनुहारमा चमक नभएको, कुनै दबाब भएजस्तो देखिन्थ्यो । मोदीसँग तीन पटक वान टु वान भेटवार्ता भएपछि परिस्थिति सहज भयो । यसमा मोदीजीले नै इनिसियटिभ लिएजस्तो देख्छु,’ उनले भने ।

प्रचण्डले भारतीय प्रधानमन्त्री मोदीसँग खुलेर कुरा गरेको बताए । उनले सुनाए, ‘छोटो पिरियडमा पहिले २०–२५ मिनेट, पछि ५–७ मिनेट वान टु वान मिटिङ भयो । सायद त्यही कुराकानीबाट कन्भिन्स भएर होला उहाँले सुपरहित र हिमालयको हाइटमा जान्छ भन्ने कुरा गर्नुभएको देख्छु मैले ।’

प्रधानमन्त्रीले नेपालको विद्युत् व्यापार, पारवहन, पेट्रोलियम पाइपलाइन विस्तार, आर्थिक पूर्वाधार निर्माणका लागि दुई देशबीच विभिन्न समझदारी भएको उल्लेख गर्दै जलविद्युत् क्षेत्रमा महत्त्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

‘जलविद्युत् क्षेत्रमा लगानीका लागि महत्त्वपूर्ण आधार तयार भएको छ,’ उनले भने, ‘नेपालको विद्युत् बङ्गलादेशसम्म निर्यात गर्नका लागि महत्त्वपूर्ण सहमति भयो ।’

महाकाली सन्धिअनुसार पञ्चेश्वर बहुउद्देश्यीय आयोजना निर्माणका लागि तीन महिनाभित्र विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) बनाउने विषयमा दुई देशबीच सहमति भएको प्रधानमन्त्री दाहालले जानकारी दिए ।

सीमा क्षेत्रमा देखिएका समस्या समाधान गर्न भारतले पहिलो पटक प्रतिबद्धता जनाएको प्रधानमन्त्री दाहालले बताए । सीमामा देखिएका असमझदारी हटाउन गम्भीर भएर लागौँ भनेर आफूले प्रस्ताव गरेको उनको भनाइ छ ।

प्रधानमन्त्रीले यसपालि आफ्नो भ्रमणलाई भारतीय मिडियाले पनि महत्त्व दिएको दाबी गरे । ‘म चौथोपटक प्रधानमन्त्रीको रूपमा आएको हुँ । गएका तीनवटा भ्रमणमध्ये दोस्रो भ्रमण राजकीय थियो । त्यसबेला राष्ट्रपति भवनमै बसेको थिएँ म । तर, अहिले जति मिडिया कभर भएको छ, त्यस्तो कहिल्यै हुँदैनथ्यो । इन्डियाका मेजर मिडिया टाइम्स अफ इन्डिया, हिन्दुस्तान टाइम्सदेखि सबैले महत्वका साथ कभर गरेका छन् । यिनीहरुले अहिले बढी नै महत्त्व दिएको प्रस्टै देखियो ।’

प्रचण्डले नेपालतिर भने नकारात्मक कुरामा बढी चासो दिइएको गुनासो गरे । उनले भने, ‘भ्रमणमा सबैको आँखा त परेकै थियो । तर, हाम्रो नेपालमा अलिकति नेगेटिभतिर जाने । पाठक, श्रोता पनि त्यस्तै भएर हो कि । बडो विचित्र लाग्छ ।’

भारत भ्रमणमा जाने दिनमा नै राष्ट्रपतिबाट नागरिकता विधेयक प्रमाणीकरण गर्न लगाइएको विषयमा पनि प्रधानमन्त्रीलाई सोधिएको थियो । उनले यसको दोष राष्ट्रपतिलाई थोपरे । ‘मैले त पहिल्यैदेखि जोड दिइरहेको थिएँ । राष्ट्रपतिजीले गर्दै जाँदा त्यही दिन पार्नुभयो । म त अलि पहिल्यै होस भन्ने चाहन्थेँ,’ प्रचण्डले भने ।

प्रतिक्रिया दिनुहोस