२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

बिहेको प्रस्ताव अस्वीकार गरेपछि प्रेमीले गरे प्रेमिकासहित काकाको हत्या

अ+ अ-

काठमाडौँ। आफ्नो प्रेमिकाले विवाहको प्रस्ताव अस्वीकार गरेर आलटाल गरेको झोँकमा कपिलवस्तुमा एक युवाले प्रेमिका र उनका काकाको हत्या गरेका छन् ।

प्रेमिकासँगको रिसिबीका कारण आक्रोशित ती युवाले आफ्नो प्रेमिका र उनलाई जोगाउन खोजेका काकाको चक्कु प्रहार गरी हत्या गरेका हुन् ।

कपिलवस्तुको बाणगंगा नगरपालिका वडा नं ६ मटेरियाका ७० वर्षीय बमबहादुर थारु र उनकी भतिजी १८ वर्षीया अञ्जली थारुलाई बिहीबार बिहान ९ बजेतिर रुपन्देहीको कञ्चन गाउँपालिका २ का २२ वर्षीय मोहन थारुले मटेरियास्थित घरमै चक्कु प्रहार गरेर सख्त घाइते बनाएका थिए ।

बमबहादुरको जीतपुरस्थित सामुदायिक अस्पतालमा उपचार हुँदाहुँदै मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले. जनाएको छ ।

अञ्जलीको मेडिकल कलेज भैरहवामा उपचारको क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ । दुवैलाई शरीरका विभिन्न ठाउँमा चक्कु प्रहार गरेर घाइते बनाइएको थियो ।

चक्कु प्रहार गर्ने मोहनलाई घटनास्थलबाटै प्रहरीले नियन्त्रणमा लिएको छ । प्रहरीका अनुसार मोहन र अन्जनीबीच प्रेम सम्बन्ध रहेको खुलेको थियो ।

मोहनले केही समयअघि विवाहको प्रस्ताव अन्जनीलाई राखेपनि उनले अस्वीकार गरेकी थिइन् । दुवैबीच यही विषयमा विवाद बढेपछि अन्जनीले मोहनलाई बेवास्ता गर्दै आएकी थिइन्।

सोही विषयमा बदला लिन मोहन बिहान आफ्नो घरबाट मटेरिया पुगेर बदला लिएको प्रारम्भिक अवस्थामा भेटिएको प्रहरीको भनाई छ ।

बिहान ८ बजेतिर मोहन अन्जनीको घरमा पुगेको र चक्कु प्रहार गरेर उनलाई घाइते बनाएपछि जोगाउन पुगेका काकालाई पनि प्रहार गरेका थिए, स्थानीयले मोहनलाई घेरेर प्रहरीलाई खबर गरेपछि इप्रका कोपवाको प्रहरी टोली पुगेर नियन्त्रणमा लिएको थियो । घटनाको अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस