काठमाडौँ । उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ चार दिनको लागि भारत भ्रमणमा जाने भएपछि उपप्रधानमन्त्री खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी दिइएको हो ।
प्रधानमन्त्री प्रचण्डको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले खड्कालाई कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी तोकेका हुन् ।
नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री प्रचण्ड सरकारमा नेपाली काँग्रेस उपसभापति समेत रहेका उपप्रधानमन्त्री एवम् रक्षा मन्त्री खड्का दोस्रो वरियतामा छन् ।