काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले बजेटले मुलुकको आर्थिक समस्याको समाधान नदिने बताएका छन् ।
सोमबार बजेट सार्वजनिक भएपछि संसद् भवनमा संक्षिप्त प्रतिक्रिया दिँदै ओलीले अहिलेको बजेटले समाधान नदिने बताएका हुन् ।
बजेटले सङ्कट दर्साएको भए पनि सङ्कटको समाधान केही पनि नदिने उनको भनाइ छ ।
उनले बजेटबारे विस्तृत रूपमा पछि धारणा सार्वजनिक गर्ने बताए ।