२२ बैशाख २०८२, सोमबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

तारा खोलामा श्रम रोजगार बैंक

अ+ अ-

बलेवा । बागलुङको ताराखोला गाउँपालिकाले श्रम रोजगार बैंक स्थापनाका लागि ६० श्रमिक सूचीकृत गरी प्रक्रिया अघि बढाएको छ । उक्त गाउँ पालिकाले एक वर्षे कार्यकालको उपलब्धि सार्वजनिक गर्ने क्रममा सो कुरा जनाएको हो ।

चालु आर्थिक वर्षमा एउटा ऐन र पाँच कार्यविधि पारित गरिएको छ ।सार्वजनिक निजी साझेदारी तथा लगानी ऐन २०७९, ‘घ’ वर्गको निर्माण व्यवसायी इजाजत पत्रसम्बन्धी कार्यविधि–२०७९, नगर प्रहरी सञ्चालन तथा व्यवस्थापनसम्बन्धी कार्यविधि २०७९ तयार पारिएको छ ।

यस्तै सञ्चित कोषको आन्तरिक लेखापरीक्षणसम्बन्धी कार्यविधि, शहीद, घाइते, अपाङ्गता र बेपत्ता भएका व्यक्तिलाई जीवन निर्वाह भत्ता वितरण तथा रोजगार कार्यक्रम सञ्चालन कार्यविधि र सार्वजनिक सुनुवाइसम्बन्धी कार्यविधि २०७९ निर्माण गरिएको पालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत प्रकाश गैरेले जानकारी दिए ।

शहीद सप्ताह कार्यक्रमअन्तर्गत २७ शहीद परिवारलाई प्रतिमहिना एक हजारका दरले आठ महिनाको एकमुष्ट रु आठ हजारका दरले दुई लाख १६ हजार जीवन निर्वाह भत्ता वितरण गर्नाका साथै गाउँपालिकामा बसोबास गरी सरकारी तलब भत्ता खाने जनप्रतिनिधि, शिक्षक तथा कर्मचारीका छोराछोरीलाई अनिवार्यरुपमा सरकारी विद्यालयमा भर्ना गराउन सुरुवात गरिएको जनाइएको छ ।

कक्षा १ र २ को स्थानीय पाठ्यपुस्तक लागू गरेको पालिकाले कक्षा ३ को पाठ्यपुस्तक छपाइ भइरहेको जनाएको छ । स्वास्थ्यतर्फ अमर भूमि र ताराखोला स्वास्थ्य चौकीमा प्रसूति प्रतीक्षा घर, भुस्कात र साँघु बोटमा बर्थिङ सेन्टरको भवन निर्माण गरिएको जनाइएको छ ।

पालिकाले बितेको एक वर्षमा फलफूल दशकअन्तर्गत बिरुवा रोपण कार्यक्रमका लागि स्याउ, ओखर, आल्मोण्ड, किबीलगायत छ हजार फलफूलका बिरुवा चार सय ५० किसानलाई वितरण गरेको र किसान परिचयपत्र वितरण अन्तिम चरण रहेको अध्यक्ष धनबहादुर विकले जानकारी दिए ।

पूर्वाधारतर्फ सडक स्तरोन्नति, सांस्कृतिक सङ्ग्रहालय निर्माण, घुस्मेली कभर्ड हल निर्माण, भुस्कात खानेपानी आयोजना निर्माण, सात विद्यालयको भवन निर्माण, औद्योगिक ग्राममा जग्गा विकास निर्माण प्रक्रियालाई निरन्तरता र जग्गा वर्गीकरणको काम अन्तिम चरणमा पुगेको जनाइएको छ ।

चालु आर्थिक वर्षमा ७२ प्रतिशत भौतिक प्रगति गरेको पालिकाले ठेक्कामार्फत सञ्चालन भएका पूर्वाधार विकासतर्फ १८ आयोजनामध्ये छ वटा निर्माण गरिएको, सात निर्माणाधीन र सात आयोजना ठेक्का प्रक्रियामा रहेका छन् । यस्तै उपभोक्ता समितिमार्फत सञ्चालित ७० योजनामध्ये ३७ सम्पन्न भई रकम भुक्तानी गरिएको छ ।

प्रतिक्रिया दिनुहोस