काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज (मंगलबार) पनि बस्दैछ । बैठक बिहान ११ बजेका लागि बोलाइएको संसद् सचिवालयले जनाएको छ ।
सरकारको नीति तथा कार्यक्रममाथि आज पनि छलफल जारी रहने भएको छ ।
गत शुक्रबार राष्ट्रपति रामचन्द्र पौडेलले संयुक्त सदनमा प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रम माथि आज पनि छलफल हुने भएको हो ।
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरे पछि गत जेठ ७ गते देखी छलफल प्रारम्भ भएको थियो ।
प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो धारणा राखेर सुरु भएको नीति तथा कार्यक्रम माथि नेकपा एसका अध्यक्ष माधवकुमार नेपाल, राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङदेनलसहित शीर्ष नेताले सम्बोधन गरिसकेका छन् ।