बोर्डले ७ कम्पनीलाई दियो सेयर ब्रोकरको लाइसेन्स « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

बोर्डले ७ कम्पनीलाई दियो सेयर ब्रोकरको लाइसेन्स


८ जेष्ठ २०८०, सोमबार


काठमाडौं । नेपाल धितोपत्र बोर्डले ७ वटा धितोपत्र दलाल व्यवसायी (सेयर ब्रोकर) लाई व्यवसाय सञ्चालन इजाजतपत्र (लाइसेन्स) दिएको छ । सोमबार बसेको बोर्ड सञ्चालक समितिले पूर्वाधार तयार गरेर लाइसेन्स स्वीकृति माग गरेका ७ कम्पनीलाई लाइसेन्स दिने निर्णय गरेको हो । 

बोर्डका अनुसार पूर्वाधार तयार गरेर लाइसेन्सको लागि आवेदन दिएका ८मध्ये ७ कम्पनीले लाइसेन्स पाएको छ ।

लाइसेन्स पाउने कम्पनीहरूमा भोले गणेश सेक्युरिटीज, क्यापिटल म्यास सेक्युरिटिज, हिमालयन ब्रोकरेज कम्पनी, सन सेक्युरिटिज, मियो सेक्युरिटिज, सेयरप्रो सेक्युरिटिज र प्रोपर्टी विर्जाड लिमिटेड रहेका छन् ।

धितोपत्र बोर्डमा नयाँ ब्रोकर लाइसेन्सका लागि ४५ कम्पनीको आवेदन परेकोमा बोर्ड ४३ वटा कम्पनीले आशयपत्र (एलओआई) पाएका थिए । जसमध्ये सोमबार ७ कम्पनीले लाइसेन्स पाएका हुन् ।

Tags :
प्रतिक्रिया दिनुहोस