कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

कर प्रणालीमा पुनरावलोकन गर्ने सरकारको घोषणा


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । सरकारले आगामी आर्थिक वर्षमा कर प्रणालीमा पुनरावलोकन गर्ने घोषणा गरेको छ ।

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्को संयुक्त बैठकमा शुक्रबार आगामी आव २०८०र८१ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै यस्तो घोषणा गरेका हुन् ।

राजस्व प्रशासनलाई थप सुदृढ र चुस्त बनाइने उनले बताए । विद्यमान कर प्रणालीमा पुनरावलोकन गर्ने उनको भनाइ छ । राजस्वको दायरा विस्तार गर्ने र सबै प्रकारका आर्थिक क्रियाकलापलाई औपचारिक प्रणालीमा आबद्ध गर्ने उनले घोषणा गरे ।

राजस्व चुहावट, न्यून बिजकीकरण, हुण्डी, अवैध कारोबारमा लगानी तथा राष्ट्रिय पूँजी पलायनमा कडाइ गर्ने सरकारको घोषणा छ ।

Tags :
प्रतिक्रिया दिनुहोस