२३ असार २०८३, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert ३०-५५ को अवकाश प्रस्ताव : करिब १० हजार कर्मचारी बाहिरिने जोखिमबीच अनुभव, व्ययभार र विश्वासको बहस   crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

‘शरणार्थी प्रकरणको अनुसन्धानमा राजनीतिक हस्तक्षेप स्वीकार्य हुन्न’ 

अ+ अ-

काठमाडौँ । राष्ट्रिय सभा सदस्य जितेन्द्रनारायण देवले नक्कली भुटानी शरणार्थी प्रकरणमा राजनीतिक हस्तक्षेप हुन नदिन सरकारलाई आग्रह गरेका छन् ।

यो अनुसन्धानमा नेपाल प्रहरीमाथि कुनै पनि खालको हस्तक्षेप स्वीकार्य नहुने उनले बताए ।

शुक्रबार राष्ट्रियसभा बैठकमा विशेष समय लिएर बोल्दै नेपाली काँग्रेसका राष्ट्रियसभा सदस्य देवले यसमा संलग्न जोकोहीलाई कारबाही गर्नुपर्ने बताए ।

उनले भने, ‘हाम्रो मुलुकमा भ्रष्टाचार संस्थागत छ, भ्रष्टाचार नियन्त्रणका लागि निडर र निष्पक्ष भएर काम गर्न वर्तमान सरकारलाई पनि आग्रह गर्न चाहन्छु ।’

भ्रष्टाचार नियन्त्रणमा सरकार र प्रमुख राजनीतिक शक्तिहरूले काम गरे अग्रगमनको बाटो सुरक्षित हुने भन्दै पूर्वमन्त्री समेत रहेका देवले भने, ‘खुट्टा कमायो, भ्रष्टाचार बढ्यो भने प्रतिगमनकारीहरू यही मुद्दामा चढेर प्रतिगमन गर्दछन् ।’

नक्कली भुटानी शरणार्थी प्रकरणको अनुसन्धान निष्पक्ष, स्वतन्त्र, कानुनसम्मत हुनुपर्ने उनले बताए ।