राष्ट्रपति संसदमा जाँदा-फर्किँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

राष्ट्रपति संसदमा जाँदा-फर्किँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल संघीय संसद्का दुवै सदनको संयुक्त बैठकमा सम्बोधनका लागि जाँदा- फर्किँदा सर्वसाधारणको आवागमनमा रोक नलगाइने भएको छ।

राष्ट्रपति पौडेलले शुक्रबार अपराह्न ४ बजे संसद्का दुवै सदनको संयुक्त बैठकलाई सम्बोधन गर्ने कार्यक्रम छ। संघीय संसद् भवनमा बस्ने दुवै सदनको बैठक सम्बोधन र नीति तथा कार्यक्रम प्रस्तुतका लागि शीतल निवासबाट नयाँ बानेश्वर जाँदा-फर्किँदा सर्वसाधारणको सडक आवतजावतमा रोक नलगाइने जनाइएको छ ।

नीति तथा कार्यक्रम प्रस्तुत गर्न आज संसदमा सम्बोधन गर्न जान लागेका राष्ट्रपति पौडेलले त्यहाँ आफ्नो लागि कुनै तामझाम नगर्न निर्देशन दिएका छन्।

सचिवालयका अनुसार नागरिकलाई सास्ती हुने भएकाले आफू संसद भवन जाँदा कुनै तामझामको व्यवस्था नगर्न राष्ट्रपतिले निर्देशन दिएका हुन्।

Tags :
प्रतिक्रिया दिनुहोस