लिवियामा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली « प्रशासन
Logo ८ जेष्ठ २०८१, मंगलबार
   

लिवियामा तैनाथ शान्ति सैनिकहरूको अदलीबदली


५ जेष्ठ २०८०, शुक्रबार


काठमाडौँ । नेपाली शान्ती सैनिकहरूको अदलीबदली गरिएको छ ।

लिवियामा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फालाई बदली गर्न श्री स्पेसल गार्ड युनिट (शान्ति सेना) मिसन इलाकातर्फ प्रस्थान गरेको छ ।

बदली गर्न पाँचौँ डफ्फाका ११५ जना शान्ति सैनिकहरूको अन्तिम टोली सेनानी रामेश्वर कार्कीको नेतृत्वमा नेपाल एयरलाइन्सको विमानमार्फत मिसन इलाकातर्फ प्रस्थान गरेको हो ।

उक्त मिसनमा तैनाथ श्री स्पेसल गार्ड युनिट (शान्ति सेना) चौथो डफ्फाका ११५ जना शान्ति सैनिकहरू सेनानी अनन्त बहादुर सिंहको नेतृत्वमा आज स्वदेश फिर्ता हुँदै छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस