ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा : मन्त्री बस्नेत « प्रशासन
Logo १७ बैशाख २०८१, सोमबार
   

ट्रली बस सञ्चालन गर्ने कुरा सरकारको प्राथमिकतामा : मन्त्री बस्नेत


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । ऊर्जा, जलश्रोत तथा सिंचाईमन्त्री शक्तिबहादुर बस्नेतले विद्युतीय सवारीसाधनको विस्तार गर्नेकुरा सरकारको प्राथमिकतामा रहेको बताएका छन् । 

बिहीबार काठमाडौँमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन् । 

उनले ऊर्जामा सबैको सहभागिताको सुनिश्चितता र ऊर्जा सुरक्षाको सवाललाई सरकारले पहिलो प्राथमिकतामा राखेको उल्लेख गरे । उनले विद्युतीय सामाग्रीहरूको प्रयोगले वातावरण स्वच्छ हुने बताएका छन् । 

उनले विद्युतीय सवारीसाधनको बिस्तारका लागि चार्जिङ स्टेसन वृद्धि गर्न आवश्यक रहेको भन्दै सरकार चार्जिङ स्टेसन वृद्धि गर्नेकुरामा प्रतिबद्ध रहेको बताए ।

मन्त्री बस्नेतले काठमाडौँ उपत्यका लगायतका मुख्य शहरी क्षेत्रमा ट्रली बसको सम्भावनाको बारेमा सरकारले अध्ययन गरिरहेको र सञ्चालनमा ल्याउने कुरा सरकारको प्राथमिकतामा रहेको बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस