रियल मड्रिडलाई ४-० गोलले हराउँदै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

रियल मड्रिडलाई ४-० गोलले हराउँदै म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनलमा


४ जेष्ठ २०८०, बिहिबार


काठमाडौँ । रियल मड्रिडलाई ४-० गोलले पराजित गर्दै इङलिस क्लब म्यान्चेस्टर सिटी च्याम्पियन्स लिगको फाइनल पुग्न सफल भएको छ ।

बुधबार राती सिटीको घरेलु मैदान इथियाडमा सम्पन्न सेमिफाइनलको दोस्रो लेगमा ४-० र बेर्नाब्यूमा भएको पहिलो लेगमा १/१ को नतिजा निकालेको सिटी समग्रमा ५-१ को जितसहित फाइनल पुग्न सफल भएको हो ।

सिटी र रियल मड्रिडले पहिलो लेगमा १–१ गोलको बराबरी खेलेका थिए । सिटीको जितमा बर्नाडो सिल्भाले दुई तथा म्यानुयल एकान्जी र जुलियन अल्भारेजले समान १/१गोल गरेका थिए ।

रियलले अहिलेसम्म १४ पटक च्याम्पियन्स लिगको उपाधि जितेको छ तर सिटीले उपाधि जित्न सकेको छैन । अब सिटीले उपाधिका लागि इन्टर मिलानसँग खेल्नेछ । फाइनल खेल जुन १० तारिखमा हुनेछ ।

Tags :
प्रतिक्रिया दिनुहोस