२० बैशाख २०८२, शनिबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यातायात कार्यालयमा प्रहरीको छापा, सेवाग्राही ठगेको आरोपमा २२ जना पक्राउ

अ+ अ-

सुनसरी । प्रहरीले इटहरीस्थित यातायात व्यवस्था कार्यालय कोसीमा छापा मारेको छ । हलगढास्थित यातायात व्यवस्था सेवा कार्यालयमा बुधबार९आज० दिउँसो प्रहरीले छापा मारी सेवाग्राही ठगेको आरोपमा २२ जनालाई पक्राउसमेत गरेको छ ।

सेवाग्राहीसँग बढी पैसा असुल्ने र कार्यालयका महत्त्वपूर्ण कागजात लेखापढी सेन्टरको सटरमा पुर्‍याएर मिलेमतो गरी गलत कार्य गर्ने गरेको गुनासोपछि प्रहरीले छापा मारेर २२ जनालाई नियन्त्रणमा लिएको एक प्रहरी अधिकारीले जानकारी दिए ।

पक्राउ पर्नेमा कर्मचारीसहित विभिन्न लेखापढी सेन्टरका व्यक्तिहरू रहेको ती अधिकारीले बताएका छन् । यससँगै बजाज, होन्डा, यमाहा, भेस्वालगायत ब्रान्डका मोटरसाइकल कम्पनीका कर्मचारीसमेत पक्राउ परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरूको साथबाट यातायात कार्यालयका डेढ दर्जन बढी ढड्डा र फाइल र २३ वटा ब्लु बुकसमेत नियन्त्रणमा लिएको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस