सदनमार्फत जनतालाई केही कुरा सुनाउन मन छ : चन्द्र भण्डारी  « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

सदनमार्फत जनतालाई केही कुरा सुनाउन मन छ : चन्द्र भण्डारी 


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । सभामुख देवराज घिमिरेले ग्यास लिकपछि आगलागीबाट घाइते भएका संघीय सांसद डा. चन्द्र भण्डारीको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका छन् । 

आज साँझ बत्तिसपुतलीस्थित निवासमा सांसद भण्डारीसँग भेट गरी सभामुख घिमिरेले स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन् ।

त्यस क्रममा सभामुखले शीघ्र स्वास्थ्यलाभको कामना गरेको सभामुखको सचिवालयले जनाएको छ । 

भेटमा सांसद भण्डारीले आगामी आर्थिक वर्षका लागि सरकारले ल्याउन लागेको नीति तथा कार्यक्रममा आफ्ना केही सुझाव राख्न चाहेको बताएका थिए । 

सांसद भण्डारीले घटनापछि आफ्ना केही कुरा सदनमार्फत जनतालाई सुनाउन मन लागेको बताएका थिए । चिकित्सकको सिफारिस हुन्छ भने विशेष व्यवस्था गरेर तपाईँलाई बोल्ने व्यवस्था मिलाउँछौँ भन्ने जवाफ दिँदै सभामुखले अहिले स्वास्थ्यको राम्रो ख्याल राख्न सुझाव दिएका थिए ।

गत ३ फागुनमा बुद्धनगरस्थित निवासमा ग्याँस लिक भई आगलागी हुँदा भण्डारी गम्भीर घाइते भएका थिए । 

Tags :
प्रतिक्रिया दिनुहोस