कोशीका खेलकुद बोर्ड सदस्यसचिव बर्खास्त « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कोशीका खेलकुद बोर्ड सदस्यसचिव बर्खास्त


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । कोशी प्रदेश सरकारले प्रदेश खेलकुद बोर्डका सदस्य सचिव हंशराज वाग्लेलाई बर्खास्त गरेको छ । बुधबार बसेको मन्त्रिपरिषद् बैठकले सदस्यसचिव वाग्लेलाई बर्खास्त गर्ने निर्णय गरेको हो ।

उनको बर्खास्तीको कारण भने झापाको दमकमा आयोजित प्रदेश स्तरीय भलिबल प्रतियोगिताको ब्यानरमा प्रदेशको नाम नलेख्नु हो । गत वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिताको ब्यानरमा कोशी प्रदेश सरकारको नाम किन नलेखेको भन्दै दुई पटक स्पष्टीकरण सोधेको थियो ।

चित्त बुझ्दो जवाफ नदिएको भन्दै बुधबार बसेको मन्त्रिपरिषद् बैठकले बर्खास्त गरेको हो । सामाजिक विकास मन्त्रालयसँग समन्वय नगरेका कारण बुधबार बसेको मन्त्रिपरिषद् बैठकले वाग्लेलाई जिम्मेवारीबाट हटाएको मुख्यमन्त्री निकट स्रोतले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस