रेशम चौधरी क्रान्तिकारी हुन् : बाबुराम भट्टराई « प्रशासन
Logo २० बैशाख २०८१, बिहिबार
   

रेशम चौधरी क्रान्तिकारी हुन् : बाबुराम भट्टराई


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले रेशम चौधरी क्रान्तिकारी रहेको बताएका छन्।

बुधबार ट्विट गर्दै भट्टराईले उनलाई क्रान्तिकारीको संज्ञा दिएका हुन्।

टीकापुर घटनामा दोषी ठहर गर्दै चौधरीलाई जन्मकैदको सजाय गर्ने उच्च अदालत दिपायलको फैसलालाई मङ्गलवार सर्वोच्च अदालतले पनि सदर गरेको थियो।

चौधरीले विद्रोह गरेर नयाँ र भविष्यमुखी सोच, मान्यता र विधि स्थापित गर्न खोजेको उनले बताए ।

उनले भने। ‘अदालत र न्यायाधीसले पुरानारविद्यमान कानुन,नजिर,सोच राखेर ‘अपराध’ को परिभाषा गर्छन् र ‘अपराधी’ लाई दण्ड सुनाउँछन् ! क्रान्तिकारीले पुरानो /विद्यमानसँग विद्रोह गरेर नयाँ /भविष्यमुखी सोच / मान्यतारविधि स्थापित गर्न खोज्छन् । इतिहासमा यो अन्तरविरोध निरन्तर चलिरहेको छ र चलिरहनेछ ! रेशम चौधरी क्रान्तिकारी हुन् ! सलाम।’

Tags :
प्रतिक्रिया दिनुहोस