शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई आज अदालत लैजाने तयारी « प्रशासन
Logo ६ जेष्ठ २०८१, आइतबार
   

शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई आज अदालत लैजाने तयारी


३ जेष्ठ २०८०, बुधबार


काठमाडौँ । शरणार्थी प्रकरणमा पक्राउ परेकालाई जिल्ला अदालतमा उपस्थित गराइने भएको छ। आज (बुधबार) प्रहरीले नक्कली भुटानी शरणार्थी प्रकरणमा पक्राउ परेका १४ जनालाई काठमाडौँ जिल्ला अदालतमा उपस्थित गराउने भएको हो ।

पक्राउ परको एक सातामा प्रहरीले अनुसन्धान सकेर मुद्दा दर्ता गर्नुपर्ने हुन्छ, तर म्याद सकिए पनि अनुसन्धान नसकिएका कारण पुनः म्याद थपका लागि प्रहरीले उनीहरूलाई अदालत पेस गर्न लागेको हो।

हालसम्म पक्राउ परेका १४ जनामध्ये पूर्वसांसद् शेर्पाबाहेक अरू सबैको बयान सकिएको छ। शेर्पाको बयान पनि आज लिने तयारी रहेको बताइएको छ।

Tags :
प्रतिक्रिया दिनुहोस