काठमाडौँ । आज तत्कालीन प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराको महाअभियोग सम्बन्धी रिटको सुनवाइ हुँदैछ ।
कायममुकायम प्रधानन्यायाधीश हरिकृष्ण कार्कीको नेतृत्वको संवैधानिक इजलासमा रिटको सुनुवाइ हुनेछ ।
सङ्घीय संसद्को महासचिव भरतराज गौतमले संसद अधिवेशन समाप्त भएकाले राणा माथि लगाइएको महाअभियोग पनि स्वतः निष्क्रिय भएको भन्दै लेखिएको पत्रका बारेमा आज संवैधानिक इजलासमा सुनवाइ हुन लागेको हो ।