पोखरा महानगरद्वारा करार कर्मचारी भर्ना प्रक्रिया स्थगित « प्रशासन
Logo २५ भाद्र २०८१, मंगलबार

प्रशासन एक्सक्लुसिभ :

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे   crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ? crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ? crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ? crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी  crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन  crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?  crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण
   

पोखरा महानगरद्वारा करार कर्मचारी भर्ना प्रक्रिया स्थगित


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । पोखरा महानगरपालिकाको स्वास्थ्य महाशाखाले भर्ना गर्न लागेको करार कर्मचारीको परीक्षा र अन्तर्वार्ता स्थगित गरेको छ । महाशाखाले मङ्गलवार एक सूचना जारी गरी करार कर्मचारी भर्ना हाललाई रोकिएको जानकारी दिएको हो ।

महाशाखाले वैशाख ११ गते ४७ जना कर्मचारी करारमा भर्ना गर्न सूचना निकालेको थियो । जसअनुसार जेठ ६ गते लिखित, प्रयोगात्मक परीक्षा र अन्तर्वार्ताको कार्यतालिका थियो । तर, महानगरले मङ्गलवार नै सूचना निकालेर परीक्षा तथा अन्तर्वार्ता स्थगित गरेको हो ।

महानगरले डाक्टर, हेल्थ असिस्टेन्ट, स्टाफ नर्स, अहेब, अनमी, रेडियोग्राफर, आयुर्वेदका जानकार कविराजलगायत १४ पदमा ४७ जना माग गरेको थियो । उक्त पदमा ६ सय जनाभन्दा धेरैले दरखास्त दिएका थिए ।

महानगरले स्वास्थ्य महाशाखाअन्तर्गतका अस्पताल, स्वास्थ्य चौकी तथा सहरी स्वास्थ्य केन्द्रका रिक्त पदमा विज्ञापन खुलाएको थियो ।

सङ्घ र प्रदेश सरकारको कानुनअनुसार करारमा कर्मचारी भर्ना गर्न रोकेको छ । स्थानीय सरकार सञ्चालन ऐनको दफा ८३ मा पनि स्थानीय तहले नगर प्रहरी, सवारी चालक, कार्यालय सहयोगी, प्लम्बर, इलेक्ट्रिसियन, चौकीदार, माली र सरसफाइ कर्मचारी स्थायी पदपूर्ति नगरी प्रतिस्पर्धाको आधारमा करारबाट लिन सकिने व्यवस्था छ ।

त्यसबाहेक अन्य पदमा नियुक्ति गर्न नमिल्ने उक्त ऐनले स्पष्टै व्यवस्था गरेको छ । तर, महानगरले ऐन विपरीत करार कर्मचारी माग गर्दै विज्ञापन प्रकाशन गरेदेखि नै आलोचना हुँदै आएको थियो ।

Tags :
प्रतिक्रिया दिनुहोस