१५ जेठपछि काठमाडौँ प्लाजाबाट सेवा दिँदै महानगर « प्रशासन
Logo १९ बैशाख २०८१, बुधबार
   

१५ जेठपछि काठमाडौँ प्लाजाबाट सेवा दिँदै महानगर


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । काठमाडौँ महानगरपालिकाले १५ जेठपछि आफ्नो अधिकांश सेवाहरू काठमाडौँ प्लाजाबाट दिने तयारी गरेको छ ।

सोही तयारी अनुसार महानगरले प्रमुख प्रशासकीय अधिकृतको कार्यकक्ष र सचिवालय, प्रशासन विभाग, सामाजिक विकास विभाग, स्वास्थ्य विभाग, कानुन तथा मानव अधिकार विभाग, विपद् व्यवस्थापन विभाग, वातावरण व्यवस्थापन विभाग, आन्तरिक लेखा परीक्षण एकाइ, खरिद एकाइ प्लाजामा सार्ने काम भइसकेको महानगरले जनाएको छ । 

३ जेठभित्रमा अन्तर्राष्ट्रिय सम्बन्ध सचिवालय, ६ जेठभित्रमा सहकारी विभाग र ८ जेठभित्रमा शहरी व्यवस्थापन विभाग काठमाडौँ प्लाजामा सारिसक्ने तयारी गरिएको हो । 

काठमाडौँ प्लाजाबाट मुक्तिनाथ विकास बैंकको केन्द्रीय कार्यालय १५ जेठसम्म सरिसक्ने भएकोले जेठ अन्तिमसम्ममा महानगरका अधिकांश विभागहरूले प्लाजाबाटै सेवा सुरु गर्ने महानगरको भनाई छ । 

Tags :
प्रतिक्रिया दिनुहोस