कर्णालीभन्दा मधेश प्रदेशको प्रतिव्यक्ति आय कम « प्रशासन
Logo १२ बैशाख २०८१, बुधबार
   

कर्णालीभन्दा मधेश प्रदेशको प्रतिव्यक्ति आय कम


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । केन्द्रीय तथ्याङ्क कार्यालयले कर्णाली प्रदेश भन्दा मधेश प्रदेशको प्रतिव्यक्ति कुल गार्हस्थ्य उत्पादन (प्रतिव्यक्ति आय) कम रहको  जनाएको छ । 

मङ्गलवार सार्वजनिक तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष (आव) मा मधेश प्रदेशको प्रतिव्यक्ति आम्दानी सबैभन्दा कम ८७५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ ।

यस्तै सबैभन्दा धेरै प्रतिव्यक्ति आय बागमती प्रदेशको २४५५ अमेरिकी डलर पुग्ने अनुमान गरिएको छ । चालु आवमा नेपालको औसत प्रतिव्यक्ति आय १३९९ डलर रहने अनुमान गरेको छ । बागमती र गण्डकी प्रदेशको प्रतिव्यक्ति आय नेपालको औसत भन्दा माथि हुँदा अन्य ५ वटा प्रदेशको भने औसतभन्दा कम रहेको छ ।

चालु आवमा बागमती प्रदेशपछि गण्डकी प्रदेशको प्रतिव्यक्ति आय १४९२ डलर पुग्ने अनुमान गरिएको छ । यस्तै कर्णाली प्रदेशको मधेश प्रदेशपछिको न्यून ९९७ डलर प्रतिव्यक्ति आय पुग्ने उल्लेख छ । सुदूरपश्चिम प्रदेशको प्रतिव्यक्ति आय १ हजार ६३ डलर, लुम्बिनी प्रदेशको ११२६ अमेरिकी डलर र कोशी प्रदेशको प्रतिव्यक्ति आय १२९९ अमेरिकी डलर पुग्ने अनुमान केन्द्रिय तथ्याङ्क कार्यालयले गरेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस