टीकापुर घटनाका प्रतिवादी सीताराम र गङ्गारामलाई सर्वोच्चले दियो सफाइ « प्रशासन
Logo १४ बैशाख २०८१, शुक्रबार
   

टीकापुर घटनाका प्रतिवादी सीताराम र गङ्गारामलाई सर्वोच्चले दियो सफाइ


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । टीकापुर घटनामा प्रतिवादी बनाइएका सीताराम चौधरी र गंगाराम चौधरीलाई सर्वोच्च अदालतले पूर्ण सफाइ दिएको छ । कर्तव्य ज्यान मुद्दामा जन्मकैद र ज्यान मार्ने उद्योगमा पाँच वर्ष थप कैद सुनाइएका उनीहरूलाई सर्वोच्चले सफाइ दिएको हो ।

मङ्गलवार न्यायाधीशद्वय डा. आनन्दमोहन भट्टराई र नहकुल सुवेदीको इजलासले पूर्ण सुनुवाइ गर्दै उनीहरूलाई सफाइ दिएको हो ।

सर्वोच्चले संक्षिप्त आदेश जारी गर्दै उनीहरूलाई तत्काल रिहा गर्न सम्बन्धित कारागार शाखा र कैलाली जिल्ला अदालतलाई लेखेर पठाउन आदेश जारी गरेको छ ।

सम्बन्धित समाचार : रेशम चौधरीलाई जन्मकैदको सजाय दिने सर्वोच्चको फैसला

Tags :
प्रतिक्रिया दिनुहोस