२३ बैशाख २०८२, मंगलवार

प्रशासन एक्सक्लुसिभ

crisis_alert चार निर्माण कम्पनी कालोसूचीमा (सूचीसहित)    crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

यस्ता छन् मन्त्रिपरिषद् बैठकका निर्णय

अ+ अ-

काठमाडौँ । जेठ ७ देखि १६ गते सम्म जेनेभामा आयोजना हुने ७६औँ विश्व स्वास्थ्य सम्मेलनमा सहभागी हुन स्वास्थ्य तथा जनसंख्यामन्त्री मोहन बस्नेत र अतिरिक्त सचिव डा. विकास देवकोटालाई स्वीकृति दिने निर्णय भएको छ ।

सरकारकी प्रवक्ता रेखा शर्माका अनुसार आज बसेको मन्त्रिपरिषद् बैठकले स्वास्थ्य मन्त्री बस्नेत र अतिरिक्त सचिव डा. देवकोटालाई स्वीकृति दिने निर्णय गरेको हो । 

सरकारले जनआन्दोलनमा घाइते भएर गत वैशाख २७ मा मृत्यु भएका बनेपाका मुकेश कायस्थलाई सहिद घोषणा गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले कायस्थलाई सहिद घोषणा गर्ने निर्णय गरेको हो ।

यस्तै मन्त्रिपरिषद्को बैठकले लिलगंगा आँखा प्रतिष्ठानलाई विश्वविद्यालय बनाउन विधेयकको मस्यौदा निर्माण गर्न अनुमति प्रदान गर्ने निर्णय गरेको छ । यस्तै एसिया प्यासिफिक ग्रुप एपिजीको बैठकमा सहभागी हुन जान राष्ट्र बैठकका गभर्नर महाप्रसाद अधिकारीको टोलिलार्ई स्वीकृति प्रदान गरेको छ ।

बुटवल-लमही चारसय केभी प्रसारण लाइनअन्तर्गत मोतीपुर सवस्टेसनका लागि बाणगंगा नगरपालिकामा १५ विगाह जग्गा प्राप्ति गर्ने र प्रारम्भिक काम अघि बढाउन अधिकारी तोक्ने निर्णय गरेको छ ।

राष्ट्रिय योजना आयोगका सदस्य डा। जयकान्त राउत नेतृत्वको प्रतिनिधिमण्डललाई समाजिक आय ‘स्क्याप’को ७९औँ बैठकमा भाग लिन थाइल्याण्ड जान स्वीकृति प्रदान गरेको छ ।

कलैया र सिमौनगढको नापी तथा मालपोतसम्बन्धी कार्यक्षेत्रमा रहेका साबिक पिपरा बिर्ता, पिरारीगोठ, वर्किफूलबरिया, कविहिगोठ, बबहि, हर्दिया, परशुरामपुर र नजरियालाई नापी कार्यालय पिराको कार्यक्षेत्रमा पर्नेगरी कार्यक्षेत्र संशोधन गर्ने निर्णय गरेको छ ।

बुटवल-गोरुसिङ्गे-चन्द्रौटा सडक विस्तारित सडक सीमा भित्रका घरटहरा हटाई क्षतिपूर्ति दिने र प्रारम्भिक कारबाही चलाउन स्वीकृति दिने निर्णय गरेको छ ।

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार तथा नयाँ टर्मिनल भवन बनाउन १८३.८ रोपनी जग्गा प्राप्तिका लागि नागरिक उड्डयन प्राधिकरणलाई स्वीकृति प्रदान गर्ने निर्णय गरेको छ ।

मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको संरक्षक समितिमा प्रा. श्रीराम रामकृष्ण सिंगापुर, प्रा संगीता सिंह काठमाडौँ, प्रा. पुष्करमान बज्राचार्य काठमाडौँ, प्रा सुजान कौटियर क्यानडा, प्रा. नाम त्योस्यो, अमेरिका, प्रा. सुदरर्शनराज तिवारी काठमाडौँ, पदम ज्योति काठमाडौँ, लोचन ज्ञवाली  ललितपुर, डा. सन्दुक रुइत, काठमाडौँ र भानुप्रसाद आचार्य भक्तपुर मनोनयन गर्ने निर्णय गरेको छ ।

प्रतिक्रिया दिनुहोस