अस्तव्यस्त कामलाई व्यवस्थित गर्न सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्छ : मन्त्री ज्वाला « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

अस्तव्यस्त कामलाई व्यवस्थित गर्न सार्वजनिक खरिद ऐन संशोधन गर्नुपर्छ : मन्त्री ज्वाला


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । भौतिक पूर्वाधार तथा यातायातमन्त्री प्रकाश ज्वालाले सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरू अस्तव्यस्त भइरहने बताएका छन् । 

मङ्गलवार प्रतिनिधिसभाअन्तर्गतको पूर्वाधार विकास समितिको बैठकमा बोल्दै मन्त्री ज्वालाले यस्तो बताएका हुन् । सार्वजनिक खरिद ऐनलाई संशोधन नगरेसम्म विकास निर्माणका कामहरू अस्तव्यस्त भइरहने उनको भनाई छ ।  

सार्वजनिक खरिद ऐनलाई विकासमैत्री बनाउनका लागि संशोधन गर्नुपर्ने मन्त्री ज्वालाको भनाइ छ । सडकको वर्गीकरण गर्न जरुरी रहेको उल्लेख गर्दै मन्त्रालयले सडक वर्गीकरणका लागि प्रतिवेदन पेस गर्न समिति बनाएको जानकारी उनले दिए । प्रतिवेदन आइसकेपछि मन्त्रिपरिषदमा लगेर कार्यान्वयन गरिने पनि उनको भनाइ छ ।

‘सार्वजनिक खरिद ऐन जुन छ, ऐन अनुसार नियमावलीसमेत सार्वजनिक खरिद ऐन विकासमैत्री बनाउने गरी संशोधन भन्ने कि, नयाँ बनाउने हो कि, यसलाई पुनः व्यवस्थित नगरेसम्म विकास निर्माणका कामहरू यस्तै अस्तव्यस्त हुन्छ । यो विकासमैत्री बनाउनुपर्ने जरुरी छ । यसमा ध्यान दिऊँ, ’उनले भने ।

Tags :
प्रतिक्रिया दिनुहोस