स्वार्थ बाझिने सांसद अर्थ समितिमा नबस्ने स्वघोषणा गर्न सूर्य थापाको आग्रह « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

स्वार्थ बाझिने सांसद अर्थ समितिमा नबस्ने स्वघोषणा गर्न सूर्य थापाको आग्रह


२ जेष्ठ २०८०, मंगलबार


काठमाडौँ । प्रतिनिधिसभा अन्तर्गतको अर्थ समितिमा स्वार्थ बाझिने सांसदहरूलाई नबस्ने स्वघोषणा गर्न एमाले सांसद सूर्य थापाले आग्रह गरेका छन् ।

अर्थ समितिको पहिलो बैठकमा मङ्गलवार सांसद थापाले यस्तो आग्रह गरेका हुन् ।

उनले भने, ‘प्रतिनिधिसभा अर्थ समितिको पहिलो बैठकमा प्रतिनिधिसभा नियमावली,२०७९ को दफा १७५ को (२) र (३) व्यवस्थाअनुसार सदस्यहरूको मनोनयन गर्दा स्वार्थ बाझिने सदस्यलाई सम्बन्धित समितिमा मनोनयन नगर्ने, व्यवस्थाको व्याख्यासहित त्यसमा स्पष्ट हुन जोड गरिएको छ । कोही स्वार्थ बाझिने सदस्य मनोनीत रहेको भए समितिमा नबस्ने स्वघोषणा गर्न पनि आजको बैठकमा छलफलको सुरुवातमै मैले ध्यानाकर्षण गराएको छु ।’

स्वार्थ बाझिने सांसदहरूलाई समितिमा नराख्ने व्यवस्था पहिलो पटक नियमावलीमा गरिएको हो । नियमावलीको उक्त व्यवस्थाको थप व्याख्या गर्नुपर्ने पनि सांसद थापाले माग गरेका थिए । उनले भने, ‘विगतमा नियमावलीमा यस्तो व्यवस्था नरहेकोमा नयाँ नियमावलीले स्पष्ट व्यवस्था गरेको हुँदा प्रचलित कानुनबमोजिम स्वार्थ नबाझिने भनेको के हो ? स्पष्ट व्याख्या र आवश्यक निर्णय हुन जरुरी देखिएको छ ।’

अर्थ समितिमा २५ सांसद रहेका छन् ।

Tags :
प्रतिक्रिया दिनुहोस