काठमाडौँ । नेपाल सरकारका एक सचिवले सचिवहरूलाई करारमा राख्न प्रस्ताव गरेका छन् । कर्मचारीहरूको कार्यशैलीबाट वाक्क हुँदै सार्वजनिक खरिद अनुगमन कार्यालयका सचिव मधुसूदन बुर्लाकोटीले देशको विकास गर्ने हो भने सरकारका विशिष्ट श्रेणीका स्थायी जागिरे सचिवहरूलाई ‘घण्टे करार’ मा राख्न भनेका हुन् ।
बुधवार बिहान सामाजिक सञ्जाल फेसबुक राखिएको स्ट्याटसमा लेखेका छन् ‘देशको विकास गर्ने हो भने नेपाल सरकारका सचिवहरूलाई घण्टे करारमा राखियोस् मान्यवर @सचिवको विद्वतापन देख्दा वाक्क लागेर’
तालुक अड्डा तथा समन्वयकारी निकायबाट समयमै काम नहुने तर्फ उनको भनाइ इङ्गित थियो । निहित इन्टेष्टका काममा मात्रै जागरूकता र तदारुकता देखाउने तर मुलुक र जनताको सेवा कहिल्यै प्राथमिकतामा नपर्ने गरेको यसअघिका उनका स्टाटसहरुबाट बुझ्न कठिन छैन ।
पछिल्लो समय सरकारका उच्च तहका अधिकांश अधिकारीहरू आफ्नै र इन्ट्रेष्ट ग्रुपहरूका लागि मात्र काम गर्ने गरेको गुनासो निजामती वृत्तमा बढ्दै गएको छ । त्यसमा भूमिका निर्वाह गर्नु पर्ने अधिकारी पनि तिनैका लागि प्रयोग भइदिँदा साँच्चिकै काम गर्न चाहने सचिवहरूसमेत अघि बढ्न नसकेको सचिवहरूबिचमा चर्चा हुने गरेको छ ।
सचिवहरूको सरुवा होस् या नीति निर्माण गर्दा राखिने अनावश्यक चाँसो होस्, बिचौलिया र प्रणालीले नचिन्ने पात्र तथा प्रवृत्ति दोहोरिइरहनु सिङ्गो कर्मचारीतन्त्रका लागि घात साबित हुँदैछ ।