तीन दिनभित्र विषयगत समितिको बैठक सुरु गर्ने सहमति « प्रशासन
Logo २२ मंसिर २०८०, शुक्रबार
   

तीन दिनभित्र विषयगत समितिको बैठक सुरु गर्ने सहमति


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । प्रतिनिधि सभाको कार्यव्यवस्था परामर्श समितिको बैठकमा जेठ ४ गते प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग प्रतिनिधि सभामा हुने प्रश्नोत्तर कार्यक्रम प्रभावकारी बनाउने सहमति भएको छ ।

आइतबार बसेको बैठकमा तीन दिनभित्र विषयगत समितिको बैठक प्रारम्भ गर्ने सहमति भएको हो ।

बैठकमा संयुक्त समिति (संसदीय सुनुवाइ, राज्यका निर्देशक) गठन गर्ने, नीति तथा कार्यक्रम संयुक्त सभामा पेस गर्ने तयारी तथा पोसाक र प्रतीक चिन्हको प्रयोग सम्बन्धमा निर्णय गरेको छ ।

कार्यव्यवस्था परामर्श समितिको आजको बैठकमा माननीयहरूले बजेट निर्माण गर्दा मन्त्रीहरूले सांसदसँग छलफल नगरेको भन्दै गुनासो गरेका थिए ।

सांसदहरूको गुनासो सुनेपछि सभामुख देवराज घिमिरेले सदनमा उठेका विषयमा सरकारले गम्भीरतापूर्वक ध्यान दिनुपर्ने बताए ।

Tags :
प्रतिक्रिया दिनुहोस