बन्द भयो कृषि बिमा  « प्रशासन
Logo २५ बैशाख २०८१, मंगलबार
   

बन्द भयो कृषि बिमा 


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । निर्जीवन बिमा कम्पनीहरूले कृषि बिमा पोलिसी जारी गर्न बन्द गरेका छन्। नेपाल सरकारले अनुदान रकम नदिएपछि उनीहरूले पोलिसि जारी गर्न बन्द गरेका हुन् । 

नेपाल बिमक सङ्घले आगामी जेठ ७ गतेदेखि कृषिसम्बन्धी पोलिसी र दाबी भुक्तानीसमेत नगर्ने निर्णय गरेको छ। 

नेपालको कृषि क्षेत्रलाई व्यावसायिक बनाउन नेपाल सरकारले कृषि मन्त्रालयको नेतृत्वमा कृषि बिमा सुरु गरेको हो। नेपाल सरकारले ०६९ सालदेखि नै कृषि बिमामा कृषकलाई आकर्षित गर्न अनुदानको व्यवस्था गरेको छ । तर, सरकारले अनुदान रकम भुक्तानी नगरेपछि बिमा कम्पनीहरू दाबी भुक्तानी गर्न असमर्थ रहेको सङ्घको बताएको छ।

बिमा कम्पनीहरूले हालसम्म अनुदानबापत तीन अर्ब रुपैयाँ भुक्तानी नपाएका र सरकारले माछा बिमाको अनुदान रकम ०७७ साल देखि भुक्तानी नगरेको सङ्घले जनाएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस