दैलेखको एक स्वास्थ्य चौकीमा आगलागी, २० लाख बराबरको क्षति « प्रशासन
Logo १६ चैत्र २०८०, शुक्रबार
   

दैलेखको एक स्वास्थ्य चौकीमा आगलागी, २० लाख बराबरको क्षति


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । दैलेखको दुल्लु नगरपालिका-७ मा रहेको एक स्वास्थ्य चौकीमा आगलागी हुँदा २० लाख बराबरको क्षति भएको छ ।

शनिबार गए राति भएको आगलागीबाट स्वास्थ्य चौकीका औषधि, कुर्सी टेबुल, दराज र कागजातहरू लगायतका सबै उपकरणहरू समेत जलेर नष्ट भएका छन् ।

इलाका प्रहरी कार्यालय दुल्लुबाट गएको प्रहरी टोलीले आगलागी कसले किन र कसरी भएको हो भनी अनुसन्धान अगाडि बढाएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस