काँग्रेसका सांसद सञ्जय गौतम १५ बुँदे माग राख्दै बसे अनशन « प्रशासन
Logo १६ बैशाख २०८१, आइतबार
   

काँग्रेसका सांसद सञ्जय गौतम १५ बुँदे माग राख्दै बसे अनशन


३१ बैशाख २०८०, आइतबार


काठमाडौँ । काँग्रेसका सांसद सञ्जय गौतम आमरण अनशनमा बसेका छन्। विकास निर्माणका १५ बुँदे माग राख्दै उनी आमरण अनसन बसेका हुन् ।

बर्दिया–१ बाट प्रतिनिधिसभा सदस्य गौतमले शनिबार जब्दीघाटको भत्किएको पुलमुनि आमरण अनशन शुरु गरेका छन् ।

उनले जब्दीघाटको भत्किएको पुल निर्माणको काम शुरु गर्नुपर्ने माग राखेका छन्। उनले जिल्ला सदरमुकाम डुबान र कटानको कारण जोखिममा रहेको भन्दै तटबन्धका काम गर्नुपर्ने र सिँचाइ आयोजनामा बजेट सुनिश्चित हुनुपर्ने मागसमेत राखेका छन्।

सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको पुल उद्घाटन नहुँदै २०७४ साउनमा भत्किएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस