२४ बैशाख २०८२, बुधबार

प्रशासन एक्सक्लुसिभ

crisis_alert यसरी घट्न थाल्यो बालविवाह : अभियान सँगसँगै स्थानीय सरकार पनि लागि परे     crisis_alert गाँजामाथिको प्रतिबन्ध हटाउने प्रतिवेदन तयार, कस्तो छ गाँजाबाटै समृद्धि भित्र्याउने सरकारी खाका ?   crisis_alert मन्दीले ताल्चा लाग्न थालेको बजार : खोल्ने कसले हो, कसरी हो ?   crisis_alert किन काम गरिरहेका छैनन् अर्थतन्त्र सुधारका प्रयासले ?   crisis_alert अर्थतन्त्रको सङ्कटबाट साना व्यवसाय नियाल्दा: त्यति विधि निराशा छैन, आशा बाँकी छ   crisis_alert गरिबलाई बाँच्नसमेत नदिइरहेको आर्थिक सङ्कट   crisis_alert सङ्कटको डिलमा पुग्दै आन्तरिक अर्थतन्त्र   crisis_alert गृह मन्त्रालयले थाहै नपाई कैदीहरूले गरिदिए जेलरको सरुवा   crisis_alert बाँसबारी जग्गा प्रकरणको केन्द्रमा छन् विनोद चौधरी    crisis_alert काँग्रेस सांसदको पाँचतारे होटेलका लागि एकै दिनमा फेरियो कानुन    crisis_alert ‘भिजिट भिसा’ले अन्तर्राष्ट्रिय विमानस्थलमा टकराब, किन भइरहेछ प्रहरी-अध्यागमन मनमुटाब ?    crisis_alert विधिको शासनकै मजाक बनाइएको ललिता निवास प्रकरण  

खेलकुद विकासमा स्थानीय तहको प्रतिबद्धता अपरिहार्य

अ+ अ-

महोत्तरी । खेलकुद गतिविधि बढाउने भरपर्दो माध्यम भएकाले यसको विकासमा स्थानीय तहदेखि नै पहल हुनुपर्ने आवश्यकता औँल्याइएको छ ।

आज नेपाल सितोरियो कराते सङ्घ महोत्तरीको कार्यालय उद्घाटनका अवसरमा सहभागीले खेल मुख्यतः युवा सहभागी हुने क्षेत्र रहेको हुँदा यस क्षेत्रको विकासले सङ्गठित, अनुशासित र स्वस्थ समूह निर्माणमा सहयोग पुग्ने बताए ।

नेपाल कराते महासङ्घका केन्द्रीय सहअध्यक्ष दावा गुरुङले युवालाई कुलतबाट जोगाउन खेलकुदको भूमिका महत्त्वपूर्ण हुने बताए ।

महासङ्घका केन्द्रीय सदस्य रामसिंह ठकुरी, मधेस प्रदेश अध्यक्ष रामचन्द्र ठाकुर, जिल्ला खेलकुद विकास समिति महोत्तरीका अध्यक्ष सुवासचन्द्रलाई कर्णसहितको सहभागिताको कार्यक्रममा महोत्तरीमा कार्यालय सञ्चालनमा आएसँगै अब कराते खेलको संस्थागत विकास हुने विश्वास गरिएको छ ।

कार्यक्रममा बर्दिबास नगरपालिकाका प्रमुख प्रल्हादकुमार क्षत्रीले नगरमा सबै विधाका खेलको समुचित विकासका लागि संस्थागत प्रयत्न अघि बढेको बताए । ‘हामीले खेलजगत्मा सक्रिय रहेका नगर खेलकुद विकास समिति गठन गरेका छौँ, समितिले छोटो अवधिमा खेलका विभिन्न विधाका प्रतिस्पर्धा आयोजना गरेका र गरिने क्रममा छन्’, नगर प्रमुख क्षत्रीले भने, ‘बर्दिबासबाट खेललाई मधेसभरिमै चिनाउने गरी थप प्रयत्न अघि बढाइँदैछन् ।’

प्रतिक्रिया दिनुहोस