एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै « प्रशासन
Logo २४ बैशाख २०८१, सोमबार
   

एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्दै


३० बैशाख २०८०, शनिबार


काठमाडौँ । नेकपा (एमाले)को केन्द्रीय कमिटी बैठक आज पनि बस्दैछ । बिहीबारदेखि सुरु भएको एमालेको चौथौँ केन्द्रीय कमिटीको बैठक आज पनि बस्न लागेको हो ।

आज बस्ने बैठकमा गैरभौगाेलिकसहित ८ प्रदेशका प्रतिनिधिले पेश गरेको प्रतिवेदनको निष्कर्षका बारेमा पार्टी अध्यक्ष केपी शर्मा ओलीले र महासचिव शङ्कर पोखरेलले जवाफ दिने कार्यक्रम रहेको छ।

शुक्रबार गण्डकीबाट पदमा अर्याल, बाग्मतीबाट गोकर्ण विष्ट, सम्पर्क समन्वय कमिटीबाट लालबाबु पण्डित, उपत्यका विशेष प्रदेशबाट सुजिता शाक्यले आ आफ्नो क्षेत्रको प्रतिवेदन पेश गरेका थिए । सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल सुरु गरिएको थियो ।

सबै प्रदेशको प्रतिवेदनमाथि सामूहिक छलफल भएको थियो।

Tags :
प्रतिक्रिया दिनुहोस