एउटै नम्बरका दुई उत्तर पुस्तिका भेटिएपछि… « प्रशासन
Logo २२ बैशाख २०८१, शनिबार
   

एउटै नम्बरका दुई उत्तर पुस्तिका भेटिएपछि…


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । सिन्धुलीको मरिण गाउँपालिकाको खयरसाल माध्यामिक विद्यालयमा रहेको परीक्षा केन्द्रमा कक्षा १२ को सामाजिक विषयको परीक्षाको क्रममा एउटा उत्तरपुस्तिका बढी भेटिएको छ । 

सो उत्तरपुस्तिका परीक्षा चलिरहेका वेला बाहिर कतै बसेर लेखिएको हुन सक्ने बताइएको छ । 

अनुगमनको क्रममा एउटा उत्तरपुस्तिका बढी पाइएको भन्दै सो उत्तरपुस्तिकामा परीक्षा दिने परीक्षार्थीको परीक्षा रद्ध गरिएको शिक्षा समन्वय इकाइले जनाएको छ  । ती परीक्षार्थी को हुन् भन्नेबारे पनि खुलाइएको छैन् । तर, शनिबार आवश्यक कारबाहीको निर्णय हुने जनाइएको छ । 

शुक्रबार कक्षा १२ को सामाजिक विषयको परीक्षामा एउटै नम्बरका दुईवटा उत्तरपुस्तिका फेला परेका थिए । परीक्षा सकिएपछि गणना गर्ने क्रममा जिल्ला सदरमुकामबाट पुगेको अनुगमन टोलीले एउटा उत्तरपुस्तिका बढी रहेको भेटेको थियो । 

खयरशाल परीक्षा केन्द्रमा अनियमित तरिकाले परीक्षा सञ्चालन भइरहेको उजुरी परेपछि प्रमुख जिल्ला अधिकारी सुनिता नेपाल, प्रहरी उपरीक्षक  सिलवाल र शिक्षा समन्वय कार्यालय सिन्धुलीका प्रमुख निर्मल घिमिरेको टोली अनुगमनमा गएको थियो । 

अनुगमन टोली पुगेकै वेला एक शिक्षकले सो उत्तरपुस्तिका ल्याएर मिसाउन खोजेका थिए । त्यसपछि खोजबिन गर्दा गोजीमा हालेर ल्याइएजस्तो खुम्चिएको अवस्थामा रहेको उत्तरपुस्तिका जफत गरिएको थियो । सोही नम्बरको अर्को उत्तरपुस्तिका पनि भेटिएको छ । 

Tags :
प्रतिक्रिया दिनुहोस