योजना छनोटमा पक्षपात भए विद्रोह हुन्छ : तिमिल्सिना « प्रशासन
Logo १३ बैशाख २०८१, बिहिबार
   

योजना छनोटमा पक्षपात भए विद्रोह हुन्छ : तिमिल्सिना


२९ बैशाख २०८०, शुक्रबार


काठमाडौँ । राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाले विकासका योजना छनोटमा पक्षपात हुँदा त्यसले विद्रोह निम्त्याउन सक्ने चिन्ता व्यक्त गरेका छन्। 

अध्यक्ष तिमिल्सिनाले आफ्नो जन्मगाउँ पर्वतको मोदी गाउँपालिका–७ को वडा कार्यालय भवनको उद्घाटन गर्दै सो बताएका हुन्। 

‘विकास निर्माणका काम योजनाबद्ध र आवश्यकताका आधारमा हुन आवश्यक छ’, उनले भने ‘बिना गुरुयोजना पहुँच हुनेले योजनाहरू लाने र अरूले नपाउने भयो भने त्यस्तो अवस्थामा  विद्रोह हुन्छ।  पक्षपातरहित ढङ्गले विकासको समानुपातिक वितरण आवश्यक छ।’

अध्यक्ष तिमिल्सिनाले विकासमा पक्षपात गर्नुहुँदैन भन्ने मान्यता सबैले राख्नुपर्ने कुरामा जोड दिँदै सबैले भूगोल र क्षेत्रका बासिन्दाले पनि आफ्ना योजना पनि छनोटमा पर्छन् भन्ने धैर्यता राख्ने र नीति निर्माण तहमा रहेका व्यक्तिले  बिना पक्षपात काम गर्दै जाने हो भने त्यसले राम्रो प्रतिफल प्राप्त हुने बताए।

तीनवटै तहका सरकारले आगामी आर्थिक वर्षका लागि बजेटको तयारी गरिरहेका बेला योजनाबद्ध र आवश्यकताका आधारमा योजना छनोट गर्न उनले आग्रह पनि गरे। 

Tags :
प्रतिक्रिया दिनुहोस