विहान ७ देखी बेलुका ६ बजेसम्म सेवा दिँदै कपिलवस्तु प्रशासन  « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

विहान ७ देखी बेलुका ६ बजेसम्म सेवा दिँदै कपिलवस्तु प्रशासन 


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । जिल्ला प्रशासन कार्यालय कपिलवस्तुले सिफ्ट अनुसार सेवा दिने भएको छ । सेवाग्राहीको चापलाई मध्यनजर गर्दै भोलि (शुक्रबार) देखी दुई सिफ्ट मिलाएर सेवा दिने भएको हो । 

राहदानीको सेवा समय विस्तार गरी बिहान ७ बजेदेखि बेलुका ६ बजेसम्म सेवा दिने व्यवस्था गरिएको प्रशासकीय अधिकृत निर्मल पोख्रेलले जानकारी दिए । कार्यालयले उक्त सेवा दुई सिफ्टमा सञ्चालन गर्ने गरी कर्मचारी व्यवस्थापन गरेको छ । पहिलो सिफ्ट बिहान ७ बजेदेखि ११ बजे सम्म र अर्को सिफ्टले ११ बजेदेखि ६ बजेसम्म सेवा दिने पोख्रेलले बताए । 

सेवाग्राहीको चाप व्यवस्थापन गरी एक दिनमै राहदानीको आवेदन दिन मिल्ने गरी कार्यालय समय १०-५ को सीमालाई परिवर्तन गरी सेवा प्रवाहको समय विस्तार गरिएको छ । यसबाट सेवाग्राहीले सहज रूपमा सेवा प्राप्त गर्ने कार्यालयको विश्वास रहेको सहायक प्रमुख जिल्ला अधिकारी अनिल पौडेलले बताए । 

सेवाग्राहीको सुविधाको लागि राष्ट्रिय वाणिज्य बैंकको विस्तारित सेवासमेत जिल्ला प्रशासन कार्यालय भित्र नै स्थापना गर्ने गरी प्रक्रिया अगाडी बढाइएको प्रमुख जिल्ला अधिकारी शंकरहरि आचार्यले बताए । यसबाट राजश्व बुझाउन सेवाग्राहीले भोग्नुपरेको झन्झट समेत कम हुने उनको विश्वास छ । 

Tags :
प्रतिक्रिया दिनुहोस