सुदूरपश्चिम सरकारमा सहभागी हुने नाउपाको निर्णय « प्रशासन
Logo ७ बैशाख २०८१, शुक्रबार
   

सुदूरपश्चिम सरकारमा सहभागी हुने नाउपाको निर्णय


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले सुदूरपश्चिम प्रदेश सरकारमा सहभागी हुने निर्णय गरेको छ । बिहीबार दिउँसो बसेको नाउपा संसदीय दलको बैठकले मुख्यमन्त्री कमलबहादुर शाह नेतृत्वको सरकारमा सहभागी हुने निर्णय गरेको हो ।

संसदीय दलका नेता घनश्याम चौधरीले सरकारमा सहभागी हुन निर्णय गरेको जानकारी दिए । टीका थापा बाहेकका ६ जना प्रदेशसभा सदस्य सहभागी बैठकले रामेश्वर चौधरी र लक्ष्मणकिशोर चौधरीलाई सरकारमा पठाउने निर्णय समेत गरेको छ ।

दलका नेता चौधरीले निवर्तमान दल नेता रामेश्वर र निवर्तमान प्रमुख सचेतक लक्ष्मणकिशोरलाई सरकारमा पठाउने निर्णय भएको बताए ।

नागरिक उन्मुक्ति पार्टी संसदीय दलको बैठक बस्नुअघि प्रदेशसभा सदस्यहरूले सरकार विस्तारका सम्बन्धमा मुख्यमन्त्री कमलबहादुर शाहसँग छलफल गरेका थिए ।

नागरिक उन्मुक्ति पार्टीले सामाजिक र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयसहित एक राज्यमन्त्री र प्रदेशसभाको सामाजिक विकास समितिको सभापति पाउनुपर्ने माग अघि सारेको छ तर गठबन्धनमा आबद्ध नेकपा माओवादी केन्द्रले समेत सामाजिक विकास मन्त्रालयसहितका तीन मन्त्रालय पाउनुपर्ने दाबी गरिरहेको छ ।

दलहरुबीच भागबण्डा नमिलेकै कारण मुख्यमन्त्री शाहले मन्त्रिपरिषद्लाई पूर्णता दिन सकेका छैनन्।

Tags :
प्रतिक्रिया दिनुहोस