सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराउने गृहमन्त्रीको प्रतिबद्धता « प्रशासन
Logo १५ चैत्र २०८०, बिहिबार
   

सुरक्षा निकायमा योगको नियमित प्रशिक्षण गराउने गृहमन्त्रीको प्रतिबद्धता


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले योग आफैँमा परम्परागत चिकित्सा पद्धति र जीवनशैली भएको बताएका छन्। 

पतञ्जलि  योग पीठ नेपालको तत्वावधानमा आज सशस्त्र प्रहरी बलको प्रधान कार्यालयमा आयोजित योग शिविरलाई सम्बोधन गर्दै उनले योग वैज्ञानिक र व्यवहारिक रहेकाले यसले चित्त सुद्धी र अनुशासन कायम गर्दै सकारात्मक ऊर्जाका साथ स्वस्थ जीवन जिउन प्रेरित गर्ने उल्लेख गरे।

उपप्रधानमन्त्री श्रेष्ठले गृह मन्त्रालय अन्तर्गत गृह प्रशासन तथा सुरक्षा निकायमा पनि योग र ध्यानलाई नियमित गर्ने गरी शिविर सञ्चालनका साथै यसलाई नियमित अगाडि बढाइने समेत बताए । 

उनले योगलाई जीवनपद्धति तथा जीवन संस्कृतिको रूपमा आत्मसाथ गर्न सकियो भने सिङ्गो मानव समाजलाई सकारात्मक बनाउन आ-आफ्नो कार्यक्षेत्रको कार्य सम्पादनमा राम्रो परिणाम ल्याउन योगदान पुर्‍याउने बताए। 

Tags :
प्रतिक्रिया दिनुहोस