कोशी प्रदेशले फेरि सोध्यो खेलकुद विकास बोर्डका सदस्यसचिवलाई स्पष्टीकरण  « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

कोशी प्रदेशले फेरि सोध्यो खेलकुद विकास बोर्डका सदस्यसचिवलाई स्पष्टीकरण 


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । कोशी प्रदेश सामाजिक विकास मन्त्रालयले प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव हंसराज वाग्लेलाई स्पष्टीकरण पेस गर्न अर्को पत्र पठाएको छ । 

वैशाख १४ गतेदेखि १६ गतेसम्म झापामा आयोजित प्रथम मुख्यमन्त्री कप राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता आयोजना गर्ने क्रममा ब्यानरमा आयोजकको रूपमा कोशी प्रदेशको नाम उल्लेख नभएको भन्दै मन्त्रालयले वैशाख १७ गते पनि उनीसँग स्पष्टीकरण मागेको थियो ।

उक्त स्पष्टीकरणको जवाफसमेत चित्त बुझ्दो नभएकाले कारणसहित तीन दिनभित्र स्पष्टीकरण पेस गर्न सामाजिक विकास मन्त्रालयले मन्त्रीस्तरीय निर्णयअनुसार आज अर्को पत्र पठाएको हो । मन्त्रालयका उपसचिव फणीन्द्र खत्रीले हस्ताक्षर गरेको पत्रमा ‘फ्लेक्स ब्यानरजस्तो महत्त्वपूर्ण कुरामा कोशी प्रदेश उल्लेख नभएपछि प्रतियोगिता सम्बद्ध पत्राचार, चेक, प्रमाणपत्र लगायतमा कोशी प्रदेश लेखिने कार्यले मात्रै नियतवश भएको कार्यको बचाउ हुन सक्दैन’ भनिएको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस