काठमाडौँ । हिमालयन बैंक लिमिटेडले महाराजगञ्जस्थित नेपाल प्रहरी अस्पतालमा गत सातादेखि नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याएको छ ।
बैंक र अस्पतालको सम्झौताबमोजिम नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याइएको हो ।
नगद सङ्कलन काउन्टर सञ्चालनमा ल्याउने सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक शम्शेर राणा र अस्पतालका मेडिकल डाइरेक्टर डा. आशा सिंहले हस्ताक्षर गरेका छन् ।
बैंकले अस्पतालमा सार्वजनिक बिदाका दिनहरूसहित २४ घण्टा नै सेवा प्रदान गर्नेछ ।