कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना प्रकट « प्रशासन
Logo २१ बैशाख २०८१, शुक्रबार
   

कायस्थको निधनप्रति प्रधानमन्त्रीद्वारा समवेदना प्रकट


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । विसं २०६२/६३ को जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको निधनप्रति प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दु:ख व्यक्त गरेका छन् ।  कायस्थको उपचारका क्रममा गए राति निधन भएको थियो ।

प्रधानमन्त्री प्रचण्डले भनेका छन्, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु। शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु।’

लामो समयदेखि मुकेश बनेपास्थित शिर मेमोरियल अस्पतालमा उपचाररत थिए ।

२०६२ चैत २७ गतेको आन्दोलनमा मुकेशको कञ्चटमा गोली लागेको थियो । त्यतिबेला उनी १४ वर्षका थिए । सोही दिनदेखि ओछ्यान परेका उनको ३२ वर्षको उमेरमा निधन भएको हो ।

Tags :
प्रतिक्रिया दिनुहोस