इन्डियन प्रिमियर लिग : चेन्नाईले दिल्लीलाई २७ रनले हरायो « प्रशासन
Logo १५ बैशाख २०८१, शनिबार
   

इन्डियन प्रिमियर लिग : चेन्नाईले दिल्लीलाई २७ रनले हरायो


२८ बैशाख २०८०, बिहिबार


काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) मा गएराति भएको खेलमा चेन्नाई सुपर किंग्सले दिल्ली क्यापिटल्सलाई २७ रनले पराजित गरेको छ ।

१२ खलेमा सातौं जित हात पारेको चेन्नाई १५ अङ्कसहित दोस्रो स्थानमा रहेको छ । चेन्नाईले लिगमा अब बाँकी दुई मध्ये एक खेल जिते पनि प्लेअफ पुग्नेछ । सातौं हार बेहोरेको दिल्ली ११ खेलबाट ८ अङ्कसहित अन्तिम स्थानमा छ ।

चेन्नाईको घरेलु मैदान एमए चितम्बरम स्टेडियममा भएको खेलमा १६८ रनको लक्ष्य पछ्याएको दिल्लीले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १४० रन मात्र बनाउन सफल भएको थियो ।

दिल्लीका लागि राईले रुसोले सर्वाधिक ३५ रन बनाउँदा मनिस पाण्डेले २७ र अक्षर पटेलले २१ रन बनाएका थिए।

त्यस्तैगरी, चेन्नाईका लागि मथिशा पिथरनाले ३ तथा दिपक चाहरले २ विकेट लिएका थिए भने रविन्द्र जडेजाले १ विकेट लिएका थिए ।

त्यसअघि टस जितेर ब्याटिङ गरेको चेन्नाईले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १६७ रन बनाएको थियो। ​ चेन्नाईका सुभम दुबेले २५ रन बनाएका थिए। रितुराज गाईकवाडले २४, अम्बती रायडुले २३ रन जोड्दा रविन्द्र जडेजा र अजिन्क्या रहाणेले समान २१ रन बनाएका थिए । कप्तान महेन्द्र सिंह धोनीले २० रन र डेभोन कोन्वेले १० रन बनाए।

दिल्लीका मिचेल मार्सले तीन विकेट लिए भने अक्षर पटेलले दुई विकेट तथा खलिल अहमद, ललित यादव र कुलदीप यादवले समान १/१ विकेट लिएका थिए ।

जितसँगै १२ खेलबाट १५ अङ्क जोडेको चेन्नाई तालिकाको दोस्रो स्थानमा रहेको भने ११ खेलबाट ८ अङ्क जोडेको दिल्ली तालिकाको पुछारमा रहेको छ ।

Tags :
प्रतिक्रिया दिनुहोस